प्रियंका र आयुष्मानको सानो चमत्कार

प्रियंका र  आयुष्मानको सानो चमत्कार

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २४ गते मङ्गलबार ०६:५९

नायिका प्रियंका कार्कीले सामाजिक संजालमार्फत आफ्नो गर्भवती भएको फोटो राख्दै हाम्रो सानो चमत्कार भनेर पोष्ट गरेकी छिन् । प्रियंका कार्कीलाई केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए ।...

नायिका प्रियंका कार्कीले सामाजिक संजालमार्फत आफ्नो गर्भवती भएको फोटो राख्दै हाम्रो सानो चमत्कार भनेर पोष्ट गरेकी छिन् । प्रियंका कार्कीलाई केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’

नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् । गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ०६:५९
प्रतिक्रियाहरू