यस्ता हुन्छन् पाठेघर क्यान्सरका लक्षणहरु

यस्ता हुन्छन् पाठेघर क्यान्सरका लक्षणहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २३ गते सोमबार ०६:१५

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो। पाठेघरको मुखको क्यान्सर पनि सामान्य कोषिकाभन्दा बढी भएर हुने हो। पाठेघरको मुखको क्यान्सर भनेको 'एचपिबी' भाइरसले गर्दा हुने रोग हो। हुन त यो साधारण भाइरस हो। रुघाखोकी...

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो। पाठेघरको मुखको क्यान्सर पनि सामान्य कोषिकाभन्दा बढी भएर हुने हो। पाठेघरको मुखको क्यान्सर भनेको ‘एचपिबी’ भाइरसले गर्दा हुने रोग हो। हुन त यो साधारण भाइरस हो। रुघाखोकी लाग्दा हुने जस्तै सामान्य भाइरस हो।

पाठेघरको मुखको क्यान्सरका कारणहरू र लक्षणहरू

– महिनावारीको बीच बीचमा पनि रगत आउने

– सानै उमेरमा बिहे हुनु र बच्चा हुनु

–बिहेपछिको यौन सम्बन्ध

– गन्हाउने पानी आइराख्नु

– धुम्रपानले र मद्यपान गर्नु

–यौन सम्पर्क गरिसकेपछि रगत बग्नु

यस्ता लक्षणहरूलाई हेलचेक्र्याइँ गर्नु हुँदैन । यस्तो भएमा नजिकको अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जानुपर्छ। अहिले धेरै ठाउँमा भिआइए परीक्षण गर्न सकिन्छ।

देखि १३ वर्षको उमेर समूहकालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउन सकिन्छ। निजी अस्पतालहरूमा यो सेवा उपलब्ध भइसकेको भए पनि सरकारी तवरमा भने उपलब्ध छैन। निकट भविष्यमा सरकारी अस्पतालहरूमा पनि यो सेवा ल्याउने अपेक्षा गरिएको छ। विकसित देशहरूमा त यो खोप लगाइएका कारण पाठेघरको मुखको क्यान्सरको समस्या कम हुँदै गएको छ।

पाठेघरको मुखको क्यान्सरबाट कसरी जोगिने

– पाठेघरको परीक्षण गराइराख्नुपर्छ।

– सामान्य छ भने पनि हरेक ३–३ वर्षमा १ पटक परीक्षण गर्नुपर्छ।

यसरी परीक्षण गर्दा कुनै समस्या देखा परेमा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्छ ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार १८:१५
प्रतिक्रियाहरू
कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?

कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?
२०७८ ब‌ैशाख ४ गते शनिवार ०७:०४

नायिका गरिमा पन्त आमा बन्दै

नायिका गरिमा पन्त आमा बन्दै
२०७८ ब‌ैशाख ३ गते शुक्रबार ०१:१७

हस्तमैथुन कतिपटक गर्नु ठिक ?

हस्तमैथुन कतिपटक गर्नु ठिक ?
२०७८ ब‌ैशाख २ गते बिहिबार ०१:५०