यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरु

यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २३ गते सोमबार ०५:०२

शरीरको कुनै भागको कोशिकामा आउने असामान्य परिवर्तन तथा अनियन्त्रित बृद्धिलाई क्यान्सर भनिन्छ । बदलिँदो जीवन शैली खानपान, यौन जीवन, अनेकौ औषधिले महिलाको सबै भन्दा सुन्दर मानिने अंग स्तनलाइ क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरुको...

शरीरको कुनै भागको कोशिकामा आउने असामान्य परिवर्तन तथा अनियन्त्रित बृद्धिलाई क्यान्सर भनिन्छ । बदलिँदो जीवन शैली खानपान, यौन जीवन, अनेकौ औषधिले महिलाको सबै भन्दा सुन्दर मानिने अंग स्तनलाइ क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरुको ज्यानै लिने क्रम बढेको चिकित्सकहरुले बताएका छन् ।

स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन्। सामान्यतया दुख्न पनि दुख्दैन। विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ। हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन। जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन्। स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो। अन्य लक्षणहरुमा स्तनमा निको नहुने घाउ, दुधको मुन्टोवाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दुधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीं झरेर जानु आदि।

स्तन वा काखिमा गाँठो छामिनु सबैभन्दा बढी देखिने लक्षण हो। सबै गाँठा क्यान्सर हुदैनन्, तर क्यान्सर हैन भनेर छुट्याउनु चाहिँ जरुरी हुन्छ।

महिनावारी सँगै गाँठो सानो-ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तन भन्दा बढी कडा हुनु, बाहिर छाला वा भित्र मासु सँग जोडिएको जस्तो महसुस हुनु, स्तनको आकार बिग्रिनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रीनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सर तर्फ संकेत गर्दछ।

स्तन क्यान्सरको अवस्था कसरी पत्ता लगाउने ?

सायद अज्ञानताका कारणले गर्दा होला नेपाली महिलाले स्तनमा हुने गरेका साधारण खालको समस्या कमैलाई भन्न चाहन्छन्। पुरुष चिकित्सक कहाँ जँचाउन जाँदैनन्। जब स्तन क्यान्सर बढेर थाहा पाइने हुन्छ, तब अवस्था नराम्रो भइसकेको हुन्छ। स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ। त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन क्यान्सर निको पार्न सकिन्छ।

विकसित देशहरुमा भने प्रायजसो बिरामी सुरुको अवस्थामा चिकित्सककहाँ पुग्छन् जसले गर्दा क्यान्सर निको पार्न सकिन्छ। यसका मुख्य कारण भनेको क्यान्सर जनचेतनालाई लिन सकिन्छ। अन्य कारणहरुमा विकसित देशमा गरिने भरपर्दाे स्तन क्यान्सर समुहगत परिक्षण पनि हो। यस विधिद्वारा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ ।

आफ्नो स्तनको आफैले गर्ने जाँचका ५ विधिहरु

सेल्फ ब्रेस्ट इक्जाम अर्थात् आफैले गर्ने स्तनको जाँचमा महिलाले आफ्नो स्तनका हरेक भागलाई पालैपालो छामेर जाँच गर्ने गरिन्छ। हरेक महिना यस्तो जाँच आफै गर्ने तथा कुनै शंका लागेमा चिकित्सकको परामर्श लिने गर्नुपर्दछ।

पहिलोः ऐना अगाडि कपडा फुकालेर आफ्नो स्तन हेर्ने र कुनै अस्वभाविक आकार, रंग, डिम्पल, स्तनको मुन्टोको आकार के छ भनेर हेर्ने।

दोस्रोः अब आफ्नो दुबै हात माथी उचालेर आफ्नो स्तन र काखिलाइ नियाल्ने।

तेस्रोः हात माथी उचालेको बेला स्तनको मुन्टोबाट कुनै पानी, दूध वा रगत आएको नियाल्ने।

चौथो: खाटमा पल्टिएर आफ्नो स्तनलाई अर्को पट्टिको हातले नरम र गोलाकार रुपमा हरेक भाग लाई छाम्ने। त्यस्तै काखिलाई पनि छाम्ने।यसरी छाम्दा स्तनको कुनै भाग पनि नछुट्ने गरि छम्ने।

पाचौः उभिएर वा बसेर चौथो विधि अनुसार स्तनलाई चारैतिर छाम्ने। नुहाउने बेला समेत यो गर्न मिल्छ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार १७:०२
प्रतिक्रियाहरू
कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?

कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?
२०७८ ब‌ैशाख ४ गते शनिवार ०७:०४

नायिका गरिमा पन्त आमा बन्दै

नायिका गरिमा पन्त आमा बन्दै
२०७८ ब‌ैशाख ३ गते शुक्रबार ०१:१७

हस्तमैथुन कतिपटक गर्नु ठिक ?

हस्तमैथुन कतिपटक गर्नु ठिक ?
२०७८ ब‌ैशाख २ गते बिहिबार ०१:५०