सोमवार नेपाली बजारमा कति छ त सुनको मूल्य ?

सोमवार नेपाली बजारमा कति छ त सुनको मूल्य ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २३ गते सोमबार ०२:३६

काठमाडौँ–साताको दोस्रो दिन साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य...

काठमाडौँ–साताको दोस्रो दिन साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य ८७ हजार चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ८६ हजार नौ सय ५० थियो।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २३ चैत्र २०७७, सोमबार १४:३६
प्रतिक्रियाहरू