पशुपतिको दर्शन गर्दै जान्नुहोस् तपाइँको आज

पशुपतिको दर्शन गर्दै जान्नुहोस् तपाइँको आज

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ २० गते शनिवार ०६:४७

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्तबाट सहयोग पाइने छ। आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)...

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्तबाट सहयोग पाइने छ। आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन। अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ। पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ। जोखिम पूर्णयात्रा नगर्नु होला।दिन उत्तम भन्दा बढि हुने छैन। हेलचक्र्याई नगरि काम गर्नु होला। विरोधी कमजोर हुनेछन्। मुद्धा मामिलामा जीत हुनेछ। लाभान्वित पनि हुनुहुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ। आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ। आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ ।वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ ।आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।लामो संघर्ष पछीमात्र उपलव्धी हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०६:४७
प्रतिक्रियाहरू