पुरुषले प्रयोग गर्ने गर्भ निरोधक चक्की बनाउन बैज्ञानिकहरु सफल

पुरुषले प्रयोग गर्ने गर्भ निरोधक चक्की बनाउन बैज्ञानिकहरु सफल

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत २० गते शुक्रबार ११:२३

एजेन्सी अहिलेसम्म अस्थायी गर्भ निराेधका लागि पुरुषहरुले कण्डमको प्रयोग र स्थायीको लागि बन्ध्याकरण नै गर्दै आएका छन् । तर अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निराेध गर्न सक्नेछन् । वैज्ञानिकहरुले पुरुषले...

एजेन्सी
अहिलेसम्म अस्थायी गर्भ निराेधका लागि पुरुषहरुले कण्डमको प्रयोग र स्थायीको लागि बन्ध्याकरण नै गर्दै आएका छन् । तर अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निराेध गर्न सक्नेछन् । वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन् । जुन पुरुषहरुको लागि पूर्णतया सुरक्षित छ ।
लस एन्जल्स बायोमेडिकल रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ वाशिङटनका शोधकर्ताहरुले यो ट्याबलेटले पुरुषमा शुक्रकिट बन्नबाट रोक्ने दावी गरेका छन् । यो गर्भनिरोधक ट्याबलेटको प्रयोगले पुरुषमा कुनै साइड इफेक्ट नगर्ने बताएका छन् ।

अहिलेसम्म पुरुषले गर्भ निरोधको लागि कण्डमको सहायता लिने गरेका थिए । महिलाहरुको लागि गर्भनिरोधका विभिन्न उपायहरु छन् । तर महिलाले प्रयोग गर्ने यस्ता गर्भ निरोधक औषधीहरुले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गरेको पनि पाइन्छ । अर्थात उनीहरुको शरीरमा हर्मोनको सन्तुलन बिग्रिन्छ ।

वैज्ञानिकका अनुसार पुरुष गर्भनिरोधक औषधीले महिलालाई सबै आफैले सहनुपर्ने बाध्यता घटेको छ, जसले उनीहरुमा नयाँ आशाको किरण उदाएको छ । पुरुषको लागि गर्भनिरोधकको ट्याबलेट भन्दा पहिले गर्भ निरोधक जेलको आविष्कार गरेका थिए, जसले पुरुषमा शुक्रकिट उत्पादन कम गर्नमा सहयोग गर्छ ।

तर पछिल्लोअध्ययन रिपोर्टले यो जेलमा फीमेल सेक्स हर्मोन प्रोजेस्टेरोनको सिन्थेटिक भर्जन र पुरुषमा पाइने टेस्टेस्टेरोन हर्मोन समावेश गरिएको छ । यस जेललाई पुरुषले आफ्नो काँधमा र कमरमा लगाउनुपर्ने हुन्छ त्यसपछि यो जेलमा भएको हर्मोनलाई छालाले आफूमा ग्रहण गरेर पुरुषमा शुक्रकिट उत्पादनमा नियन्त्रण गर्ने गर्छ । यो जेल अहिले पनि क्लिनिक ट्रायलमा नै छ । यो ट्रायलको नतिजा सन २०२२ सम्म आइपुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार ११:२३
प्रतिक्रियाहरू
कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?

कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?
२०७८ ब‌ैशाख ४ गते शनिवार ०७:०४

नायिका गरिमा पन्त आमा बन्दै

नायिका गरिमा पन्त आमा बन्दै
२०७८ ब‌ैशाख ३ गते शुक्रबार ०१:१७

हस्तमैथुन कतिपटक गर्नु ठिक ?

हस्तमैथुन कतिपटक गर्नु ठिक ?
२०७८ ब‌ैशाख २ गते बिहिबार ०१:५०