२४ घन्टामा १ हजार ३ सय ५४ जनाले जिते काेराेना

२४ घन्टामा १ हजार ३ सय ५४ जनाले जिते काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १९ गते शुक्रबार ०७:३६

नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ३ सय ५४ जनाले काेराेना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।...

नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ३ सय ५४ जनाले काेराेना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २५ हजार ५ सय ६१ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ५८ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ४ सय ४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ६१ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ४ सय ४ छ ।

होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ४ सय ६२ छ भने संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ९ सय ४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ४५ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १९:३६
प्रतिक्रियाहरू