मछिन्द्रनाथको रथ यात्रामा खटिएका इन्सपेक्टरसहित १८ जनामा कोरोना पुष्टि

मछिन्द्रनाथको रथ यात्रामा खटिएका  इन्सपेक्टरसहित १८ जनामा  कोरोना पुष्टि

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १९ गते शुक्रबार ०७:३०

ललितपुरमा रातो मछिन्द्रनाथको रथयात्राको क्रममा खटिएका १८ जनामा कोरोना देखिएको छ । यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी (मेट्रो)मा १३ जना, ट्राफिक महाशाखामा १५ र महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा १५ जनामा कोरोना...

ललितपुरमा रातो मछिन्द्रनाथको रथयात्राको क्रममा खटिएका १८ जनामा कोरोना देखिएको छ । यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी (मेट्रो)मा १३ जना, ट्राफिक महाशाखामा १५ र महानगरिय प्रहरी परिसर काठमाडौं टेकुमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वमा महामारीकाे रूपमा रहेकाे काेराेना रोकथाम तथा नियन्त्रणका लागि सेवामा रहेका धेरै प्रहरीहरुमा कोरोना संक्रमणको दर बढिरहेको छ ।
बिहीवार मछिन्द्रनाथको रथ यात्राका क्रममा प्रहरी र त्यहाँका स्थानीयबीच झडप भएको थियो ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १९:३०
प्रतिक्रियाहरू