सफल अभिनेत्री खेरलाई ब्लड क्यान्सर

सफल  अभिनेत्री खेरलाई ब्लड क्यान्सर

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १९ गते बिहिबार ०२:१५

बलिउडकी सफल कलाकार किरण खेरलाई ब्लड क्यान्सर भएको छ । उनी मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख बताएका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको छ । उनको अवस्था अहिले सामान्य...

बलिउडकी सफल कलाकार किरण खेरलाई ब्लड क्यान्सर भएको छ । उनी मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख बताएका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको छ ।

उनको अवस्था अहिले सामान्य हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् । किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । उनको गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् ।

सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १४:१५
प्रतिक्रियाहरू