यस्ता हुन्छन् गर्भ अवस्थाको लक्षण

यस्ता हुन्छन् गर्भ अवस्थाको लक्षण

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १९ गते बिहिबार १२:५८

कतिपय महिलाहरु गर्भ रहेको नरहेको अन्योलमा रहेका हुन्छन् । आफू गर्भवती भएको नभएको यसरी थाहा पाउन सकिन्छ ः थकाइ : गर्भावस्थामा प्रवेश गरेपछि शरीरमा हर्मोन परिवर्तन हुन थाल्छ, जसले गर्दा आमालाई थकाइको महसुस हुन्छ । कतिपय त गर्भावस्थाको...

कतिपय महिलाहरु गर्भ रहेको नरहेको अन्योलमा रहेका हुन्छन् । आफू गर्भवती भएको नभएको यसरी थाहा पाउन सकिन्छ ः

थकाइ : गर्भावस्थामा प्रवेश गरेपछि शरीरमा हर्मोन परिवर्तन हुन थाल्छ, जसले गर्दा आमालाई थकाइको महसुस हुन्छ । कतिपय त गर्भावस्थाको तीन महिनासम्म अत्यधिक थकित देखिन्छन् । भ्रुणको परिपक्वतासँगै यस्तो समस्या पनि बढ्दै जान्छ ।

स्तनमा भारीपना : यदि तपाईंंले बिहान उठ्दा आफ्नो स्तन गहु्रँगो भएको महसुस गर्नुभएको छ या स्तनको आकार बढेको अनुभूति गर्नुहुन्छ भने तपाईंको पेटमा भ्रुण हुर्कंदै गरेको हुन सक्छ । गर्भावस्थाको समय निप्पलमा कालोपन आउनुका साथै वा स्तनको नसा फुल्न थाल्छ । आरामदायी ब्राको प्रयोगले भने केही सहज बनाउँछ ।

पटक–पटक पिसाब : गर्भावस्थाको सुरुवाती दिनमा पटक–पटक पिसाब लाग्ने गर्छ । किनभने यस्तो वेला शरीरमा अतिरिक्त तरल पदार्थको उत्पादन हुन्छ । जसले मूत्राशयमा दबाब सिर्जना गर्छ । त्यसैले पटक–पटक ट्वाइलेट जानुपर्ने हुन्छ ।

टाउको दुखाइ : गर्भावस्थाको प्रारम्भिक लक्षण भनेको टाउको दुखाइ पनि हो । यसको कारण पनि शरीरमा हुने हर्मोनको परिवर्तन नै हो । यदि तपाईं गर्भवती भएको कुरामा निर्धक्क हुनुभयो भने दुखाइको कमीका लागि ब्रुफिनजस्ता सुरक्षित औषधिको प्रयोग गर्न पनि सक्नुहुन्छ ।

खानामा अरुचि : तपाईं गर्भवती अवस्थामा प्रवेश गर्दै हुनुहुन्छ भने अचानक अमिलो बढी मन पर्न थाल्छ र नियमित खानामा रुचि घट्दै जान्छ । यस्तो वेला चटपटे खालका र बाहिरी खानाहरू मन पर्न थाल्छ । भात, तरकारी, रोटीजस्ता नियमति खानामा त्यति रुचि जाग्दैन । यसको कारण पनि शरीरमा आउने हर्मोनको परिवर्तन नै हो ।

कब्जियत : नियमित प्रयोग गर्ने कपडा साँघुरो लाग्न थाल्दै छ या पेट फुलेको र दुखेको अनुभूति भइरहेको छ भने तपाईंको पेटमा बच्चा हुर्कंदै गरेको पनि हुन सक्छ । पेटमा हुर्कंदै गरेको भ्रुणका कारण पाचन प्रक्रियामा पनि असर पुग्छ र कब्जियतको समस्यासमेत हुन थाल्छ ।

मुड परिवर्तन : यस्तो वेला तपाईंको सोचमा व्यापक परिवर्तन आउँछ र छोटो–छोटो समयमा फरक–फरक काम गर्न मन लाग्छ । परिवर्तित मुडको प्रतिक्रिया तपाईंले आफ्नो श्रीमान्बाट पनि पाउन सक्नुहुन्छ । किनभने, गर्भावस्थामा आमाको मुड परिवर्तन हुन्छ ।

महिनावारीमा ढिलाइ : गर्भावस्थाको प्रारम्भिक लक्षणमध्येको एक हो, महिनावारीमा ढिलाइ । प्रायजसोमा गर्भ रहनेबित्तिकै महिनावारी रोकिने गर्छ । महिनावारी हुन्छ तर निकै ढिला गरी हुन्छ भने पनि तपाईंले प्रिग्नेन्सी जाँच गराइहाल्नुपर्छ ।
कम्मर दुखाइ : यदि पहिला कहिल्यै पनि कम्मर दुखाइको समस्या थिएन र अहिले आएर हल्का दुखाइको अनुभूति गर्दै हुनुहुन्छ भने बुझ्नुस्, यो गर्भावस्थाको लाक्षण हो । यस्तो वेला आमाको लिगामेन्ट झोलिन थाल्छ । अनि कम्मरको आकार पनि केही मात्रामा बढेको भान हुन्छ ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १२:५८
प्रतिक्रियाहरू
कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?

कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?
२०७८ ब‌ैशाख ४ गते शनिवार ०७:०४

नायिका गरिमा पन्त आमा बन्दै

नायिका गरिमा पन्त आमा बन्दै
२०७८ ब‌ैशाख ३ गते शुक्रबार ०१:१७

हस्तमैथुन कतिपटक गर्नु ठिक ?

हस्तमैथुन कतिपटक गर्नु ठिक ?
२०७८ ब‌ैशाख २ गते बिहिबार ०१:५०