म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेका पल शाह अहिलेको चर्चित अभिनेता हुन् । उनले विभिन्न म्युजिक भिडियोदेखि नेपाली चलचित्रमा समेत काम गरिसकेका छन् । पलले एकसाथ १४ वटा म्यूजिक भिडियो साईन गरेको खबर पनि यतिबेला नै आयो भने हरेक...
म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेका पल शाह अहिलेको चर्चित अभिनेता हुन् । उनले विभिन्न म्युजिक भिडियोदेखि नेपाली चलचित्रमा समेत काम गरिसकेका छन् । पलले एकसाथ १४ वटा म्यूजिक भिडियो साईन गरेको खबर पनि यतिबेला नै आयो भने हरेक दिन छायांकन गरिरहेको अवस्थामा पनि पल भेटिएन्छन्।
यहि बीचमा बनेको म्यूजिक भिडियो ‘फुलबुट्टे सारी’ले एउटा इतिहास रच्यो । यो भिडियोमा उनि मोडल तथा नायिका मलिका महतसँग देखिए । मलिकासँग पल उत्तिकै सुहाए । मलिकाले ‘यात्रा’ नामक चलचित्रबाट अभिनय यात्रा शुरुले गरेकी हुन् । उक्त चलचित्रमा उनले नायक सलिनमान बनियासँग अभिनय गरेकी थिईन् तर अहिलेको जति चर्चा त्यतिबेला भएन । लकडाउनमा पलले उषा उप्रेती, रियाशा दाहाल, गरिमा शर्मा लगायतसँग निकै काम गरे तर पनि पल र मलिकाको जोडीलाई धेरै दर्शकहरुले रुचाएका छन् ।