अनमोललाई ७५ लाख अफर भएको सत्य हो त ? यस्तो छ वास्तविकता

अनमोललाई ७५ लाख अफर भएको सत्य हो त ? यस्तो छ वास्तविकता

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १९ गते बिहिबार १२:१६

अनमोल केसी नेपाली चलचित्र क्षेत्रका महंगा अभिनेता हुन् । ​उनले चलचित्र ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले सिनेमा जगतमा धेरै हलचल भएको थियो । किनभने नेपाली चलचित्र क्षेत्रले मोटो पारिश्रमिक नेपाली कलाकारहरुले पाउन सकेका...

अनमोल केसी नेपाली चलचित्र क्षेत्रका महंगा अभिनेता हुन् । ​उनले चलचित्र ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले सिनेमा जगतमा धेरै हलचल भएको थियो । किनभने नेपाली चलचित्र क्षेत्रले मोटो पारिश्रमिक नेपाली कलाकारहरुले पाउन सकेका थिएनन् । यो चलचित्रपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई एक चलचित्रबाट ७५ लाख पारिश्रमिकमा अफर भएको चर्चा बजारमा चलेको छ ।

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट चलचित्र बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । चलचित्रको टाइटल क्यारेक्टरको प्रस्ताव भने अनमोललाई गरिएको छ, ७५ लाख पारिश्रमिकमा ।

केही दिनअघि ठूलोपर्दासँगको फोनवार्तामा निर्देशक भट्टले अनमोललाई चलचित्र अफर गरेको स्वीकार गरे पनि पारिश्रमिकको विषयमा अहिलेसम्म कुराकानी नभएको बताएका थिए । अनमोलले भने आफूलाई ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् । मंगलवार एक अन्तर्वार्तामा उनले यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रवल रहेको बताएका छन्

ठुलो पर्दा डट कम बाट साभार

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार १२:१६
प्रतिक्रियाहरू