कोरोना उत्पति बारे तयार पारेको डब्लूएचओको प्रतिवेदनमा वि’वाद

कोरोना उत्पति बारे तयार पारेको  डब्लूएचओको प्रतिवेदनमा वि’वाद

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १९ गते बिहिबार ०८:३०

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरैको ज्या'न लिइसकेको छ । कोरोना कहाँ उत्पत्ति भन्नेबारे बोलेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रतिवेदन विवादमा परेको छ । संगठन र विभिन्न १४ देशले कोरोना भाइरसको उत्पत्तिबारे...

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरैको ज्या’न लिइसकेको छ । कोरोना कहाँ उत्पत्ति भन्नेबारे बोलेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रतिवेदन विवादमा परेको छ । संगठन र विभिन्न १४ देशले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीनले आवश्यक तथ्यांकहरु उपलब्ध नगराएको जनाएका छन् ।

संगठनसहित अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, नर्वे, डेनमार्कलगायत १४ देशले डब्लुएचओको टोलीले तयार पारेको प्रतिवेदनमा प्रश्न पनि उठाएका छन् । संगठनको अध्ययन प्रतिवेदन र त्यसका निष्कर्षमाथि युरोपेली संघ ईयू ले पनि कोरोना भाइरसको उत्पत्तिबारे गरिएको अध्ययन अपुरो भएको भन्दै आलोचना गरेको छ ।

ईयूले यसबारे विस्तृत र स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । विभिन्न राष्ट्रका विज्ञहरुले भाइरस उत्पत्तिबारे अध्ययन गर्न जनवरी १४ मा चीनको वुहान पुगेर अध्ययन गरेको थियो ।टोलीमा चीनका वैज्ञानिक समेत सहभागी भएका थिए । संगठनले अध्ययन पछि बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०८:३०
प्रतिक्रियाहरू