चीनबाट ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

चीनबाट  ८ लाख डोज कोरोना खोप  नेपाल आइपुग्यो

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १६ गते सोमबार १०:२३

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना खोप आइतबार काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल...

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना खोप आइतबार काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले आइतबार बिहान उक्त परिमाणको खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।
चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । त्यस्तै नेपालले सिरमसँग २० लाख डोज खोप खरिद गर्न भुक्तानी गरिसके पनि अहिलेसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । उक्त सुविधाअन्तर्गत नेपालले जम्मा २२ लाख डोज खोप पाउनेछ ।

यो समाचार आजको कान्तिपुरमा प्रकाशित रहेको छ ।

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार १०:२३
प्रतिक्रियाहरू