इङल्याण्ड र अष्ट्रेलिया बिचको तीन टीट्वान्टी श्रृङ्खला आजबाट सुरु हदैछ । इङल्याण्डकाे साउथहेमटनमा नेपाली समयअनुसार बेलुकी १०ः४५ देखि खेल सुरु हुनेछ । इङल्याण्डले यस अघि पाकिस्तानसँग तीन टेस्ट र तीन टीट्वान्टी सिरिज खेलेको थियो । जसमा इङल्याण्डले तीन टेस्टको श्रृङ्खला जितेको थियो भने टीट्वान्टी सिरिज बराबरीमा सकिएको थियो ।

पाकिस्तानसँगको खेलमा टिममा नअटाएका जस बटलरले टिममा पुनरागमन गरेका छन् । यता अष्ट्रेलियाले भने कोरोना महामारी पछिको आफ्नो पहिलो खेल आज खेल्न लागेको हो ।
प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १२:०७