श्रीमती मन्त्री भएपछि सेरबहादुर तामाङले लेखे यस्तो स्टाटस

श्रीमती मन्त्री भएपछि सेरबहादुर तामाङले लेखे यस्तो स्टाटस

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १४ गते शनिवार ०७:०४

आफ्नी पत्नी उषाकला राइ सामाजिक विकास मन्त्री भएपछि पूर्व मन्त्री सेरबहादुर तामाङले फेसबुकमा यस्तो यस्तो स्टाटस लेखेका छन् । मा उषाकला राईलाई हार्दिक बधाई ! १ नं प्रदेश सामाजिक विकास मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा...

आफ्नी पत्नी उषाकला राइ सामाजिक विकास मन्त्री भएपछि पूर्व मन्त्री सेरबहादुर तामाङले फेसबुकमा यस्तो यस्तो स्टाटस लेखेका छन् ।

मा उषाकला राईलाई हार्दिक बधाई ! १ नं प्रदेश सामाजिक विकास मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! यस महत्वपूर्ण घडीमा जन्मदिने आमा स्व. लक्ष्मी राई, पिता रुद्र राईलाई धन्यवाद । तपाँईलाई यस गरिमामय जिम्मेवारीमा पुर्‍याउनु हुने नेपाली जनता र खोटाङ्का जनतालाई धन्यवाद, सिन्धुपाल्चोकको तर्फबाट सद्भाव ब्यक्त गर्दछु । यस पदमा योग्य ठान्नु भएर जिम्मेवारी दिनुहुने सम्माननीय प्रधानमन्त्री के पी ओली, संसदीय दलका उपनेता सुवाश नेम्बाङ, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, पार्टीका नेतागण सबैलाई धन्यवाद ब्यक्त गर्दछु । खोटाङ जिल्ला प्रतिनिधिसभा सदस्य संघीय संसद विशाल भट्टराई लगायत समुर्ण जनप्रतिनिधिहरु र खोटाङ एमाले पार्टी अध्यक्ष राम दंगाल लगायत सम्पूर्ण पार्टी पंङ्ती सबैलाई धन्यवाद ब्यक्त गर्दछु ।
नेपाली जनताको परिवर्तनको लागी सामाजिक मुक्ति आन्दोलनमा तपाँईको अविचलित यात्रा निरन्तर जारी रहोस , पहिलो संविधानसभामा महिलाको वंशको अधिकारको विषयमा निरन्तर नेतृत्व गरी संविधानमा लेखाउन सफल तपाँईले लैंगिक विवेदको अन्त्यको लागी छोराको भूमिका सरह छोरीले पितृकार्य गरेर देखाउनु भएको कार्यको स्मरण गर्न चहान्छु । नेपालको आर्थिक समृद्धिको लागी तपाँईले उठाउनु भएको “ब्याण्ड vs ब्राण्ड” को नारा प्रदेश १ बाट सार्थक होस । हार्दिक शुभकामना !

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार ०७:०४
प्रतिक्रियाहरू