ललितपुरमा राति १० बजेसम्म कर्फ्यू , उल्लंघन गर्नेलाई गोलीसमेत चलाउन आदेश

ललितपुरमा राति १० बजेसम्म कर्फ्यू , उल्लंघन गर्नेलाई  गोलीसमेत चलाउन आदेश

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १९ गते शुक्रबार ०८:०३

ललितपुर जिल्लाको क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर...

ललितपुर जिल्लाको क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । रातो मत्स्येन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको हो ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।

रथयात्रा गर्न धेरै स्थानीय निस्किएपछि स्थिति नियन्त्रण बाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो । बिहीबार झडपक्रममा ट्राफिक प्रहरीलाई कुटपिट भएपछि त्यसमा संलग्न १० जना पक्राउ परेका छन् ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०८:०३
प्रतिक्रियाहरू