ट्याक्सी चालकले किन कुटे त पठाओ राइडरलाई ?

ट्याक्सी चालकले किन कुटे त पठाओ राइडरलाई ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १० गते मङ्गलबार ०३:०६

सोमबार विहान पठाओ र ट्याक्सी चालकबिच गोंगबुमा कुटपिट भएको छ । ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका हुन् । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन् । सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी...

सोमबार विहान पठाओ र ट्याक्सी चालकबिच गोंगबुमा कुटपिट भएको छ । ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका हुन् । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन् ।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन्।

‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं।’

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार १५:०६
प्रतिक्रियाहरू