मेलम्चीको पानी एक जनालाई ७५ लिटर, कहिलेदेखि हुँदै छ त वितरण ?

मेलम्चीको पानी एक जनालाई ७५ लिटर, कहिलेदेखि हुँदै छ त वितरण ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत १० गते मङ्गलबार ०७:२७

काठमाडौँ । काठमाडौँवासीले मेलम्चीको पानी दिनहुँ प्रतिव्यक्ति ७५ लिटर उपयोग गर्न सकिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । मेलम्चीबाट...

काठमाडौँ । काठमाडौँवासीले मेलम्चीको पानी दिनहुँ प्रतिव्यक्ति ७५ लिटर उपयोग गर्न सकिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ ।

कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सुरूङमा पानी थुनेर अनुगमन भइरहेको बताउँदै उहाँले केही दिनमै प्रशोधन केन्द्रमा पानी पठाइने बताउनुभयो ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको विकास समितिले यस अघिनै बताइसकेको थियो । प्रवक्ता पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रकाशित मिति १० चैत्र २०७७, मंगलवार ०७:२७
प्रतिक्रियाहरू