वर्षाले खेल प्रभावित गरेसँगै पेट्रियट्सकाे सेमिफाइनल पुग्ने सम्भावना सकियो

वर्षाले खेल प्रभावित गरेसँगै पेट्रियट्सकाे सेमिफाइनल पुग्ने सम्भावना सकियो

सागर नेपाल

@Mayur Times

२०७७ भदौ १८ गते बिहिबार १०:४९

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा सेंट किट्स एण्ड नेविस पेट्रियट्सकाे सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । जमैका तलाइवाजसँग खेल संचालनका क्रममा भारी वर्षा भएसँगै पेट्रियट्सकाे सेमिफाइनल यात्रामा पूर्णविराम लागेको हो । जमैका...

क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा सेंट किट्स एण्ड नेविस पेट्रियट्सकाे सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । जमैका तलाइवाजसँग खेल संचालनका क्रममा भारी वर्षा भएसँगै पेट्रियट्सकाे सेमिफाइनल यात्रामा पूर्णविराम लागेको हो ।


जमैका तलाइवाजले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जवाफी व्याटिङमा आएको पेट्रियट्स ५.४ ओभर व्याटिङ गर्दै ४६ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल अवरुद्ध भएको थियो । पेट्रियट्स लागि एविन लुइसले २१ तथा क्रिश लिनले २३ रन बनाएका थिए । यस सँगै जमैका तलाइवाजको ८ खेलबाट ७ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ भने पेट्रियट्स ९ खेलबाट तीन अंक सहित अंक तालिकाको पुच्छारमा रहेको छ । शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार २२:४९
प्रतिक्रियाहरू