खुशी मुलुकको पहिलो नम्बरमा पर्यो फिनल्याण्ड, कतिऔँमा पर्यो त नेपाल ?

खुशी मुलुकको पहिलो नम्बरमा पर्यो फिनल्याण्ड, कतिऔँमा पर्यो त नेपाल ?

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत ७ गते शनिवार ०४:०८

खुसी हुने देशको संख्यामा नल्याण्डका पहिलो नम्बरमा परेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएसँग यो तथ्य बाहिर आएको हो । कोरोना महामारीको बिचमा पनि फिनल्याण्डका...

खुसी हुने देशको संख्यामा नल्याण्डका पहिलो नम्बरमा परेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएसँग यो तथ्य बाहिर आएको हो । कोरोना महामारीको बिचमा पनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।

विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

दक्षिण एसियामा नेपाल पहिलो

दक्षिण एसियाका देशहरुमा नेपालका नागरिहरु सबैभन्दा बढी खुशी भएको प्रतिवेदन सार्वजनिक भएको छ । विश्व खुशीयाली प्रतिवेदन २०२१ अनुसार १४९ वटा देशहरुमा गरिएको अध्ययन अनुसार नेपाल ८७ नम्बरमा रहेको छ भने माल्दिभ्स ८७, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९, भारत १३९ र अफगानिस्तान १४९ नम्बरमा रहेको छ । भुटानलाई अध्ययनमा समावेश गरिएको छैन ।

प्रकाशित मिति ७ चैत्र २०७७, शनिबार १६:०८
प्रतिक्रियाहरू