माक्सवादको परिचय

माक्सवादको परिचय

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १८ गते बिहिबार ०५:४५

माक्सवाद सामाजिक आर्थिक राजनीतिक दर्शन हो । जुन काल माक्सको नामबाट स्थापित भएको सिद्धान्त हो । यो सिद्धान्तले पुँजीवादले सामान्य मजदुरमाथि उत्पादन क्षमतामाथि र देशको समग्र आर्थिक उन्नतिमाथि र सामान्य मजदुरहरु र पक्षमा बोलेर...

माक्सवाद सामाजिक आर्थिक राजनीतिक दर्शन हो । जुन काल माक्सको नामबाट स्थापित भएको सिद्धान्त हो । यो सिद्धान्तले पुँजीवादले सामान्य मजदुरमाथि उत्पादन क्षमतामाथि र देशको समग्र आर्थिक उन्नतिमाथि र सामान्य मजदुरहरु र पक्षमा बोलेर पुँजीवादको विरोध गर्दछ । माक्सवादले सामाजिक वर्गीकरणका संघर्षलाई आर्थिक पक्षसँग जोड्दै पुँजीवादले देशको समग्र पक्षलाई समेट्दै सबै मान्छेलाई समान अवसर सिर्जना गर्ने उद्देश्य राख्दछ ।

माक्सवाद सामाजिक र राजनीतिक अर्थ व्यवस्थालाई एक मुष्ट अध्ययन गर्ने सिद्धान्त हो । यो पहिलो पटक सन् १८४८ मा कालमाक्स र फेडी इन्गेल्सद्धारा द कम्युनिष्ट मेनुफेष्टो भन्ने घोषणापत्र प्रकाशन भएपछि आम मानिससम्म पुगेको थियो । माक्सवादी अर्थ व्यवस्थाले पुँजीवादी अर्थ व्यवस्थालाई घोर विरोध गर्दछ । माक्सको भनाइमा सबै समुदायहरु विभिन्न वर्गमा बाँडिएका छन् । हरेक वर्गका समुदायका मान्छेहरु त्यस्तै अर्को समुदायका अर्को वर्गका मानिसहरुसँग उस्तै देखिन्छन् । पुँजीवादी प्रणालीमा दुई वटा वर्ग रहेका हुन्छ । एउटा शोषित वर्ग र अर्को शाषक वर्ग रहेका हुन्छन् । सबै उत्पादनमा, कानूनमा, मूल्यवान् वस्तुहरुमा शोषक स्वामित्व रहेको हुन्छ भने शोषित वर्ग सधैभरि पछाडि रहन्छन् । उनीहरुलाई आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि कठिन भइरहेको हुन्छ ।

यसकारणले पुँजीवादी अर्थव्यवस्था एकदम पक्षपाती र एकतर्फी रहेको छ । त्यसकारण यसलाई भत्काएर नयाँ सिर्जना स्वरूप सबै मान्छेहरु समान हुन् । सबैले आफ्नो क्षमता र आफ्नो मेहनतको पूर्ण प्रतिफल पाउनुपर्छ र समाजका हरेक वर्गका मानिसहरुले समान आवश्यकताको परिपूर्ति र सुख सुविधा पाउनुपर्छ भन्ने धारणा माक्सवादले राख्दछ ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १७:४५
प्रतिक्रियाहरू
चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने
२०७७ मङ्सिर १३ गते शनिवार ०८:५५

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोडदै

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोडदै
२०७७ मङ्सिर १२ गते शुक्रबार ०४:०५

खोप नआउँदासम्म विद्यालय बन्द रहने

खोप नआउँदासम्म विद्यालय बन्द रहने
२०७७ मङ्सिर १२ गते शुक्रबार ०८:१८

महारानी बनिन् शिल्पा शिन्दे…

महारानी बनिन् शिल्पा शिन्दे…
२०७७ मङ्सिर १२ गते शुक्रबार ०७:३९