बामदेबले किन भने त माओबादि बिनाकाे सरकार सम्भव छैन

बामदेबले किन भने त माओबादि बिनाकाे सरकार सम्भव छैन

मयूर टाइम्स

@Mayur Times

२०७७ चैत ३ गते मङ्गलबार ०५:१७

एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्र बिनाकाे सरकार जनमत काे अपमान हुने र त्याे सम्भव नहुने बताएका छन संयोजक वामदेव गौतमले माओवादी केन्द्र सहितको वाम सरकार नै बनाउनुपर्ने मा जाेड दिएका छन् । मंगलबार राष्ट्रिय एकता...

एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्र बिनाकाे सरकार जनमत काे अपमान हुने र त्याे सम्भव नहुने बताएका छन संयोजक वामदेव गौतमले माओवादी केन्द्र सहितको वाम सरकार नै बनाउनुपर्ने मा जाेड दिएका छन् ।

मंगलबार राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वाम सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी लिनुपर्ने उनको तर्क छ । ‘प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस् । वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ’ गौतमले भनेका छन् ।

नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकता गर्न नसके पनि संयुक्त मोर्चामा ल्याउन आफू सफल हुने नेता गौतमको जिकिर थियो । साथै अदालतको फैसलापछि पनि आफ्नो अभियान नरोकिने उनले बताए ।

नेता ओली र माधव नेपालबीच संवाद सुरु भइसकेको प्रसंग कोट्याउँदै एमाले एकताबद्ध बनाउन ओलीकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

प्रकाशित मिति ३ चैत्र २०७७, मंगलवार १७:१७
प्रतिक्रियाहरू