संसद सचिवालयले किन गर्याे त कानुनि प्रकृयाबाट दलनेता बनेका प्रचण्डलाई अस्विकार ?

संसद सचिवालयले किन गर्याे त कानुनि प्रकृयाबाट दलनेता  बनेका प्रचण्डलाई अस्विकार ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण २३ गते अाईतबार ०२:५९

नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल...

नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।

प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।

महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।
उनीहरुले आफुहरुले विधि प्रक्रिया र कानुन संवत् रुपमा केपिअाेलिलाई हटाएर प्रचण्डलाई संसदिय दलकाे बहुमत ले दलनेता छानेकाे र उहाँलेनै मान्यता पाउँनुपर्ने दाबि गरेका छन।

यता प्रचण्डलाई दलनेता काे रुपमा सम्बाेधन गरे संसदमा अबराेध गर्ने ओलिपक्षकाे तयारि छ।
याेे सबै हेर्दा अबकाे केही दिन संसदमा मुठभेडकाे स्थिति नआउँला भन्न सकिँदैन ।

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १४:५९
प्रतिक्रियाहरू