। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहले संसदीय दलको बैठक बोलाएको छ । स्रोतका अनुसार आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नु अघि सिंहदरबारमा संसदीय दलको बैठक बस्नेछ । आजै दिउँसो ४ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा संसद बैठक बस्दैछ ।
प्रचण्ड-नेपाल समुहको संसदीय दलको बैठक यसअघि शुक्रबार बसेको थियो । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो ।
संसद बैठका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव गर्ने भन्दै आएको प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव पेश गर्ने या नगर्ने भन्ने निर्णय लिन सकेको छैन ।
नेपाली कङ्गेस र जसपा सरकार प्रति स्पस्ट नहुदाँ केही दिन नयँा सरकार गठन वा अबिश्वासकाे प्रस्ताब बाट प्रधानमन्त्रि हटाउने प्रकृया अन्याेलमा रहने देखिन्छ!
प्रचण्ड माधब समुहकाे ऐले बस्नेे संसदिय दलकाे बैठकले तत्काल अबिश्वासकाे प्रस्ताब दर्ता गर्ने कि नगर्ने टुङ्गो लगाउने बुजिएकाे छ।
प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार १४:४२