युइएफए नेसन्स लिगमा आज जर्मन र स्पेन भिड्दै

युइएफए नेसन्स लिगमा आज जर्मन र स्पेन भिड्दै

सागर नेपाल

@sagar nepal

२०७७ भदौ १८ गते बिहिबार ०१:४५

स्पेनको नेतृत्व सर्जियो रामोशले गर्ने छन् । यस्तै जर्मनका प्रशिक्षक जो आचिम लोले पनि आफ्नो टोली यस प्रतियोगिता जित्नका लागि योग्य रहेको पत्रकार सम्मेलनमा बताएका छन्

युरोपियन देशहरुले प्रतिस्पर्धा गर्ने युइएफए नेसन्स लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुदै छ । संरचनागत मैत्रीपूर्ण प्रतियोगिताका रुपमा सन् २०१८ बाट युइएफएले सुरुवात भएको यस प्रतियोगितामा युरोपका सबै देशले सहभागी जनाउन पाउनेछन । यसको दोस्रो संस्करण आजबाट सुरु हुदै छ । यसअघि पहिलो संस्करणको उपाधि पोर्चुगलले जितेको थियो ।

आज बेलुकी हुने जर्मन र स्पेन बीचको खेल नेपाली समयअनुसार १२ः ३० देखि सुरु हुँदैछ । सो खेल जर्मनीको घरेलु मैदानमा हुनेछ । स्पेनका प्रशिक्षक लुइस इनरिकेले पत्रकारहरुसँग कुरा गर्दै यस प्रतियोगिताका लागि आफ्नो टोली पूर्ण तयारीमा रहेको बताएका छन् । स्पेनको नेतृत्व सर्जियो रामोशले गर्ने छन् । यस्तै जर्मनका प्रशिक्षक जो आचिम लोले पनि आफ्नो टोली यस प्रतियोगिता जित्नका लागि योग्य रहेको पत्रकार सम्मेलनमा बताएका छन् । पछिल्ला पाँच खेलहरु हेड टु हेडको आधारमा हेर्ने हो भने स्पेनको पक्षमा नतिजाहरु गएका छन् । जसमा स्पेन तीनमा विजयी भएको छ भने जर्मनी एक खेलमा मात्र विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १३:४५
प्रतिक्रियाहरू