ट्रिनबागो नाइट राइडर्सकाे अपराजित यात्रा कायमै पेट्रियट्स ५९ रनले पराजित

ट्रिनबागो नाइट राइडर्सकाे अपराजित यात्रा कायमै पेट्रियट्स ५९ रनले पराजित

सागर नेपाल

@Mayur Times

२०७७ भदौ १८ गते बिहिबार ०८:३२

योसँगै राइडर्सकाे आठ खेलबाट १६ अंक सहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । टर हारेर पहिले व्याटिङ गरेको नाइट नाइर्डसले निर्धारित २० ओभरमा चार बिकेट गुमाएर १७४ रन बनाएको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा ट्रिनबागो नाइट राइडर्स अपराजित यात्रा कायमै रहेको छ । हिजो पेट्रियट्स लाई ५९ रनले हराएसँगै उसले आठ खेलसम्म आइपुग्दा पनि अपराजित यात्रा कामय राखन सफल भएको हो । योसँगै नाइट राइडर्सकाे आठ खेलबाट १६ अंक सहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । टर हारेर पहिले व्याटिङ गरेको नाइट राइडर्सले निर्धारित २० ओभरमा चार बिकेट गुमाएर १७४ रन बनाएको थियो ।

नाइट राइडर्सको लागि लेन्डलं सिमोन्सले आक्रमक पारी खेल्दै ६३ बलमा ९६ रन बनाएका थिए । जसमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै डैरन ब्राबो ले ३६ बलको सामन गर्दै ३६ रन प्रहार गरे । सेंट क्रिट्स एण्ड नेविस पेट्रियट्सका लागि डोमेनिकले दुई तथा सेन्डल कट्रेले एक बिकेट लिए । जबाफी व्याटिङमा आएको पेट्रियट्स निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । पेट्रियट्सका लागि सर्वाधिक रन क्रिस लिन ले ३४ रन बनाए । नाइट राइर्डसको लागि सिकन्दा राजाले ३ बिकेट तथा ख्यारिपियर प्रवीणताम्बे तथा डाेएन ब्राबोले समान १–१ बिकेट लिए । यो हारसँगै पेट्रियट्सकाे सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०८:३२
प्रतिक्रियाहरू
रमेश प्रसाईं बिहे गर्दै, यी हुन् दुलही

रमेश प्रसाईं बिहे गर्दै, यी हुन् दुलही
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०७:३४

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

अछाममा बस दुर्घटना एककाे मृत्यु, १७ घाइते

अछाममा बस दुर्घटना एककाे मृत्यु, १७ घाइते
२०७७ मङ्सिर १५ गते सोमबार ११:१८