देवकोटाले जीवनको अन्तिम क्षणमा लेख्नुभएकाे आध्यात्मिक कविता

देवकोटाले जीवनको अन्तिम क्षणमा  लेख्नुभएकाे आध्यात्मिक कविता

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १८ गते बिहिबार ०७:००

शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए - "मृत्यु मेरो अगाडि छ । म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।"

दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (वि. सं. २०१५)मा क्यान्सर लागेको थाहा भयो । भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.सं.२०१६ साल भाद्र २९ गतेका दिन उनको दुःखद निधन भयो ।

शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए – “मृत्यु मेरो अगाडि छ । म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।” जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर ,नास्तिक भएर बिताएछु, अब जान आँटिहालेँ !’ अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कवितामार्फत यसरी व्यक्त गरे ।

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०७:००
प्रतिक्रियाहरू
गजल – निर्मल घिमिरे

गजल – निर्मल घिमिरे
२०७७ असोज २ गते शुक्रबार ०९:२९

गजल – चित्रमान तामाङ

गजल – चित्रमान तामाङ
२०७७ असोज २ गते शुक्रबार ०८:५९

देव सजन सुनारकाे चार मुक्तक

देव सजन सुनारकाे चार मुक्तक
२०७७ असोज १ गते बिहिबार ०७:३७

कविता – बिजयीता भण्डारी

कविता – बिजयीता भण्डारी
२०७७ असोज १ गते बिहिबार ०७:०३