फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

फेरि बढ्यो सुनको भाउ, कति छ त आजको मूल्य

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १७ गते सोमबार १२:१३

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमबार सामान्य सुधार भएको छ। अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा...

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमबार सामान्य सुधार भएको छ। अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ। प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ। तोलामा रु एक हजार ३२५ मा आइतबार कारोवार भएको चाँदी सोमबारका लागि भने रु पाँचले वृद्धि भइ रु एक हजार ३५० मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति १७ फाल्गुन २०७७, सोमबार १२:१३
प्रतिक्रियाहरू