ट्रम्पले किन सुरु गरे त आफ्नै साइटको तयारी ?

ट्रम्पले किन सुरु गरे त आफ्नै साइटको तयारी ?

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १५ गते शनिवार ०४:१३

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका छन् । अमेरिकी संसद्‌मा भएको हमलालाई प्रोत्साहन गरी हिंसा भड्काएकामा उनको अकाउन्टमाथि...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना आफूलाई निकालिदिएदेखि ट्‌विटर अत्यन्तै ‘बोरिङ’ भएको र यसले लाखौँ प्रयोगकर्ता गुमाइसकेको बताएका छन् । अमेरिकी संसद्‌मा भएको हमलालाई प्रोत्साहन गरी हिंसा भड्काएकामा उनको अकाउन्टमाथि ट्‌विटरलगायत सामाजिक सन्जाल प्लेटफर्महरूले प्रतिबन्ध लगाएका छन् ।

यस्तोमा फ्लोरिडास्थित आफ्नो घरबाट ‘न्युजम्याक्स’ का सञ्चालक ग्रेक केलीसँगको फोन वार्तामा उनले आफ्ना करोडौँ फलोअर गुमाएकामा गुनासो गर्दै २०२४ को राष्ट्रपति चुनाव अभियानमा फेरि लड्ने संकेत दिएका हुन् । उनले भनेका छन्, “त्यसमा मेरा फलोअर ८ करोड ९० लाखमाथि थिए त्यो अझै धेरै हुन्थ्यो तर उनीहरूले त्यसलाई नियन्त्रण गरे । यसबाहेक राष्ट्रपतिको अकाउन्टमा पनि झन्डै चार करोड फलोअर थिए र अन्य साइटहरूमा पनि हामीलाई लाखौँ करोडौँ मानिसहरूले फलो गरेका थिए । वास्तवमा सामाजिक सन्जालहरूलाई यही चाहिन्छ तर उनीहरूको समस्या, यत्तिको लोकप्रियता सम्हाल्न नसक्नु हो । किनकि त्यो भनेको धेरै ठूलो मान्छेको संख्या थियो । यो उनीहरूभन्दा धेरै गुणा ठूलो हो ।”

त्यसपछि उनले ट्‌विटर आफूलाई मन नपर्नेबारे बताए र बिनाप्रमाण यसले प्रयोगकर्ताहरूलाई ठूलो स्तरमा हानि पुर्‍याउने गरेको दाबी गरेका हुन् । उनले भने, “यो अब पहिलेजस्तो छैन । उदाहरणका लागि ट्‌विटरलाई नै हेर्ने हो भने यो अत्यन्तै बोरिङ भइसकेको छ र लाखौँ मानिसले यसलाई चलाउन छाडिसकेको पनि म बुझ्छु ।”

त्यसैगरी सामाजिक सन्जालमा आफ्नो ब्रान्ड पुनः लन्च गर्ने योजनासम्बन्धी उनले आफ्नो छुट्टै प्लेटफर्म सुरु गर्न सक्ने बताएका हुन् । उनले यस्तो भनेका छन्, “अब हेरौँ के हुन्छ । हामी धेरै मान्छेसँग छलफल गरिरहेका छौँ र यसमा आफ्नै सन्जाल बनाउने विकल्प पनि छ । हामीले सजिलैसँग आफ्नो साइट निर्माण गर्न सक्छौँ । ट्‌विटरले हामीसँग एकदमै दुर्व्यवहार गरेको थियो । हाम्रा पोस्टमा चिह्‍न लगाइदिनेदेखि डिलिट गरिदिने सबै गरिन्थ्यो । जे भने पनि अनुचित भनेर चिह्‍न लगाइदिन्थ्यो । त्यो अत्यन्तै अपमानजनजक कुरा थियो ।”

उनले थप भने, “अन्य मुलुकहरूमा कस्ताकस्ता नराम्रा घटना हुँदा पनि त्यसबारे कसैले केही बोल्दैन । यसकारण पनि हामी ट्‌विटरमा फर्कन चाहदैनौँ ।”
livemandu.com

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार १६:१३
प्रतिक्रियाहरू