प्रमुख सचेतकबाट हटाएपछि ओलिलाई यस्ताे जवाफ फर्काए देब गुरुङ

प्रमुख सचेतकबाट हटाएपछि  ओलिलाई यस्ताे जवाफ फर्काए देब गुरुङ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १४ गते शुक्रबार ०५:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई पदमुक्त गर्नुभएको छ । जिम्मेवारी हेरफेर गर्दै ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ । शुक्रबार बालुवाटारमा आयोजित प्रदेश...

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई पदमुक्त गर्नुभएको छ ।

जिम्मेवारी हेरफेर गर्दै ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

शुक्रबार बालुवाटारमा आयोजित प्रदेश एकका सांसदहरूको भेलाकै अवसरमा ओलीले गुरुङलाई पदमुक्त गरी भट्टराईलाई चयन गरेको बताइएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वाेच्चले बदर गरिदिएपछि आक्रोशित भएका ओलीले नेकपा बहुमत पक्षका नेता गुरुङलाई पदमुक्त गर्नुभएको हो ।

यससँगै नेकपा विवाद थप भिडन्ततर्फ जाने देखिएको छ । यता नेता गुरुङले भने ओलीले गरेको कदम अर्थहीन रहेको टिप्पणी गर्नुभयो ।

‘नेकपा संसदीय दलको नेता पदबाट ओलीलाई हटाइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भइसकेको अवस्थामा ओ‌लीसँग त्यस्तो कुनै अधिकार छैन,’ उहाँले भन्नुभयो ।

पुस ५ गतेदेखि नेकपाका दुवै पक्षले एक अर्कालाई कारवाही गर्ने क्रम चलिरहेको छ
ऐजेन्सि

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार १७:०४
प्रतिक्रियाहरू