सामाजिक सञ्जाल नियमन गर्न भारतले बनायो यस्तो कडा कानून

सामाजिक सञ्जाल नियमन गर्न भारतले बनायो यस्तो कडा कानून

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १४ गते शुक्रबार ०३:०३

एजेन्सी । सोसल मिडिया कम्पनी, स्ट्रिमिङ सेवा तथा डिजिटल न्युज आउटलेटलाई नियमन गर्न भारतले नयाँ कानूनको घोषणा गरेको छ ।भारतको नयाँ कानूनले अन्य मुलुकसँग काँध मिलाएर फेसबुक, ट्वीटर, गुगल, नेटफ्लिक्स जस्ता विभिन्न टेक जायन्ट कम्पनीहरुमाथि...

एजेन्सी । सोसल मिडिया कम्पनी, स्ट्रिमिङ सेवा तथा डिजिटल न्युज आउटलेटलाई नियमन गर्न भारतले नयाँ कानूनको घोषणा गरेको छ ।भारतको नयाँ कानूनले अन्य मुलुकसँग काँध मिलाएर फेसबुक, ट्वीटर, गुगल, नेटफ्लिक्स जस्ता विभिन्न टेक जायन्ट कम्पनीहरुमाथि चुनौती थप्ने अपेक्षा गरिएको छ ।

भारतको सूचना प्रविधि, कानुन तथा न्यायमन्त्री रवि शंकरले एक पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ कानुनले सोसल मिडिया कम्पनीहरुलाई गैरकानूनी सामग्री २४ घण्टाभित्र हटाउन आग्रह गर्न सक्ने बताएका छन् ।साथै उक्त कानूनले पीडितलाई १५ दिनभित्र पूर्णरुपमा क्षतिपूर्ण उपलब्ध गराउन सम्बन्धित कम्पनीलाई बाध्य बनाउन सक्नेछ । संवेदनशील मामिलाहरुमा कम्पनीले २४ घण्टाभित्र त्यस्ता आपत्तिजनक सामग्रीहरु हटाउनु पर्नेछ ।

कम्पनीहरुले भारतमा आफ्नो स्थानीय कार्यालय स्थापना गर्नुका साथै चिफ कम्प्लायन्स अफिस, नोडल कन्ट्याक्ट अफिस तथा एकजना रेजिडेन्ट क्रिभेन्स अफिसर चयन गर्नुपर्नेछ ।

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार १५:०३
प्रतिक्रियाहरू