प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी (हालत खराब) का चार मुक्तक

प्रमोद भण्डारी हालत खराब

@pramod bhandari halat kharab

२०७७ फाल्गुण १४ गते शुक्रबार १०:४२

तार्किक कुरा गर्नेहरू पनि छन् समाजमा मार्मिक कुरा गर्नेहरू पनि छन् समाजमा आफ्नै छोरी-बुहारीहरुलाई दुर्व्यवहार गरी, धार्मिक कुरा गर्नेहरू पनि छन् समाजमा।

1
अब दु:ख, तनाव अनि पिर छोडेर जाऊ
अन्यौलको खाडल र भिर छोडेर जाऊ
म पागल भएपछि हाँस्दै रुन काम लाग्छ,
टाढा हुने बेला यौटा तस्वीर छोडेर जाऊ।
2

आर्मी प्रहरीले लगाउने पोशाक बर्दी हो
सामान्य रुघा-खोकी लाग्नु त सर्दी हो
ज-जसले सक्छ, यहाँ देश उसैले लुट्छ,
राजनीति भन्ने चिज पनि गुण्डागर्दी हो।
3

फाटेको मनमुटु आफैले सिउन जान्यो भने
जिन्दगानी मज्जा हुन्छ जिउन जान्यो भने
हरेक चिजको आ-आफ्नै महत्त्व हुन्छ मित्र,
रक्सी पनि अमृत हुन्छ पिउन जान्यो भने।

4
तार्किक कुरा गर्नेहरू पनि छन् समाजमा
मार्मिक कुरा गर्नेहरू पनि छन् समाजमा
आफ्नै छोरी-बुहारीहरुलाई दुर्व्यवहार गरी,
धार्मिक कुरा गर्नेहरू पनि छन् समाजमा।

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार १०:४२
प्रतिक्रियाहरू