सर्वोच्चकाे फैसलाले आफुलाइ कुनै फरक नपरेकाे ओलीकाे भनाइ

सर्वोच्चकाे  फैसलाले आफुलाइ कुनै फरक नपरेकाे ओलीकाे भनाइ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १३ गते बिहिबार ०५:२०

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो ।
त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु ख्वाइ ख्वाइ गरेका थिए ।
सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०५:२०
प्रतिक्रियाहरू