सर्बोच्च काे फैसला प्रति ओलिकाे पहिलाे अभिब्यक्ति हेर्नुस केके भने

सर्बोच्च काे फैसला प्रति ओलिकाे पहिलाे अभिब्यक्ति हेर्नुस केके भने

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १२ गते बुधबार ०५:३५

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका छन् । नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका छन् ।

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै यसले आफूलाई कुनै असर नगर्ने बताए ।

आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले प्रभाव त पारेको हो त होइन ? भन्ने प्रश्न गर्दै ओलीले भने, ‘यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ?’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले अदालतको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेको विषयमा ओलीले उक्त टिप्पणी गरेका हुन् ।
कान्तिपुरमा खबर छ!

प्रकाशित मिति १२ फाल्गुन २०७७, बुधबार १७:३५
प्रतिक्रियाहरू