काठमाडौँ : महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बतायो । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वाअनुमान गर्न सकिन्छ ।
प्रतिनिधि सभा पुन:स्थापना सम्बन्धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट थिए । कामचलाउ प्रधानमन्त्री ओलीले खरेललाई पटक-पटक बोलाएर असन्तुष्टि व्यक्त गरेका थिए । त्योसँगै खरेलले राजीनामा दिएको बालुवाटार स्रोतले पुष्टि गर्यो ।
इकागजबाट
प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार २२:१८