गुमेको भूभाग फिर्ता ल्याउने ओलीको दावी, नेपाली भूमिमाआँखा नलगाउन चेतावनी

गुमेको भूभाग फिर्ता ल्याउने ओलीको दावी, नेपाली भूमिमाआँखा नलगाउन चेतावनी

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०८:०९

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रदेशको गुमेको भूभाग फिर्ता ल्याएर छाड्ने दावी गरेका छन् ।कञ्चनपुरको बेदकोटनगरपालिका ३ मादैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा...

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रदेशको गुमेको भूभाग फिर्ता ल्याएर छाड्ने दावी गरेका छन् ।कञ्चनपुरको बेदकोटनगरपालिका ३ मादैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा अबदेखि कसैले आँखा नलगाउन चेतावनी समेत दिएका छन् । उनले अन्य मुलुकको स्वाभिमान सम्मान गर्ने र नेपालले पनि अन्य मुलुकबाट त्यस्तै अपेक्षा राखेको पनि प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले कञ्चनपुरको औद्येगिक क्षेत्रको बिकाससंगै जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने बताए । उनले कञ्चनपुरको औद्योगिक क्षेत्रको बिकास सगंै बाहिरबाट आएका प्राविधिकबाट स्थानीय जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले अब सुन्दर सुदुर पश्चिममात्रै नभएर विकसित सुदूरपश्चिम पनि बन्ने समेत बताएका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ०८:०९
प्रतिक्रियाहरू