छुटे लगत्तै अदालत गेटबाटैै पक्राउ परे बिप्लप नेता धर्मेन्द्र वास्ताेला

छुटे लगत्तै अदालत गेटबाटैै पक्राउ परे बिप्लप नेता धर्मेन्द्र वास्ताेला

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १० गते सोमबार ०६:१४

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला सर्वोच्च अदालतको गेटबाटै पक्राउ परेका छन्। उनलाई आजैमात्र सर्वोच्चले रिहा गर्ने आदेश दिएको थियो। उनी पुनसर्वोच्चको गेटबाट प्रक्राउ परेका हुन्। सोमबार सर्वोच्च अदालतमा...

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला सर्वोच्च अदालतको गेटबाटै पक्राउ परेका छन्। उनलाई आजैमात्र सर्वोच्चले रिहा गर्ने आदेश दिएको थियो। उनी पुनसर्वोच्चको गेटबाट प्रक्राउ परेका हुन्।

सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १८:१४
प्रतिक्रियाहरू