ओलीले गरे निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङकाे निरिक्षण

ओलीले गरे  निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङकाे निरिक्षण

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण १० गते सोमबार ०६:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाकाे सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्री...

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाकाे सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ‘ब्रेक थ्रु’ हुने गरी काम भइराखेको समेत बताउनुभयो ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०६:३६
प्रतिक्रियाहरू