बाबुरामले भने, भारतमा उपचार गर्न जानुपरेकोमा दुखि छु

बाबुरामले भने, भारतमा उपचार गर्न जानुपरेकोमा दुखि छु

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार ०५:५७

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जानुपर्दा पर्दा आफू लज्जित र दुखित भएको बताएका छन्। दिल्ली पुगेर नेपाली दूतावासको अतिथिकक्षमा बसेका डा. भट्टराईले सामाजिक...

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जानुपर्दा पर्दा आफू लज्जित र दुखित भएको बताएका छन्। दिल्ली पुगेर नेपाली दूतावासको अतिथिकक्षमा बसेका डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दै २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा जानुपर्दा लज्जा महशुस भएको उनले बताएका छन्।
उनले भनेका छन्, ’मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिककदै गर्दा अत्यन्त लज्जितरदुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’

उनी आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन्।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १७:५७
प्रतिक्रियाहरू