बलिउड अभिनेत्री करिना कपुरलाई पुत्र लाभ

बलिउड अभिनेत्री करिना कपुरलाई पुत्र लाभ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार ०१:०९

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। द इन्डियन एक्सप्रेसका अनुसार करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन्। द इन्डियन एक्सप्रेसलाई करिना कपुरका बुवा, अभिनेता रणधिर कपुरले करिना आमा बनेको जानकारी...

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। द इन्डियन एक्सप्रेसका अनुसार करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन्।
द इन्डियन एक्सप्रेसलाई करिना कपुरका बुवा, अभिनेता रणधिर कपुरले करिना आमा बनेको जानकारी गराएका हुन्। रणधिरका अनुसार करिनाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १३:०९
प्रतिक्रियाहरू