ह्वात्तै बढ्याे सुनकाे भाउ

ह्वात्तै बढ्याे सुनकाे भाउ

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ९ गते अाईतबार १२:०८

हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ...

हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।

यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १२:०८
प्रतिक्रियाहरू