ओलि समुहमा फर्किदै शेरबहादुर तामाङ् दम्पति हेर्नुस अरु काेकाेे फर्किए

ओलि समुहमा फर्किदै शेरबहादुर तामाङ् दम्पति हेर्नुस अरु काेकाेे फर्किए

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ८ गते शनिवार १२:०६

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा लागेका भनिएका पूर्वमन्त्री शेर बहादुर तामाङ र उनकी पत्नी प्रदेश १ कि सांसद उषाकला राई ओली समूहको नेकपामा प्रवेश गर्ने भएका छन्। विराटनगरमा...

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा लागेका भनिएका पूर्वमन्त्री शेर बहादुर तामाङ र उनकी पत्नी प्रदेश १ कि सांसद उषाकला राई ओली समूहको नेकपामा प्रवेश गर्ने भएका छन्।

विराटनगरमा आज हुन लागेको ओली समूहको आमसभामा उनीहरू ओली समूहमा प्रवेश गर्ने बुझिएको छ। पार्टी विभाजनको शुरुमा ओली समूहमा रहेका तामाङ पछि प्रचण्ड- नेपाल समूहमा लागेका थिए। आजको आमसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले तामाङ दम्पतीलाई आफ्नो समूहमा प्रवेश गराउने तयारी भइरहेको ओलीनिकट स्रोतले जनाएको छ। तामाङले प्रचण्डलाई नेता मान्न नसकिने भन्दै आफूहरुको पक्षमा प्रवेश गर्न लागेको ओलीनिकट स्रोतले बतायो।

तामाङले संसदीय व्यवस्था फेल भइसकेकोले अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्ने बताउँदै आएका छन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली हुनुपर्ने उनको धारणा छ।

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार १२:०६
प्रतिक्रियाहरू