उपराष्ट्रपति र सभामुख प्रति प्रधानमन्त्रि सल्लाकार काे बिवादित बाेलि हेर्नुस, के भने

उपराष्ट्रपति र सभामुख प्रति प्रधानमन्त्रि सल्लाकार काे बिवादित बाेलि हेर्नुस, के भने

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ८ गते शनिवार ०८:२९

हिजाे राष्टपति कार्यलयमा भएकाे प्रदेश दुई काे नवनियुक्त प्रदेश प्रमुखकाे सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति र सभामुख उपस्थित नभएपछि उनले उहाँहरु बिरुद्द गम्भिर र बिबादित अराेप लगाएका छन सुर्य थापाले अाफ्नाे फेसबुकमा लेखेका...

हिजाे राष्टपति कार्यलयमा भएकाे प्रदेश दुई काे नवनियुक्त प्रदेश प्रमुखकाे सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति र सभामुख उपस्थित नभएपछि उनले उहाँहरु बिरुद्द गम्भिर र बिबादित अराेप लगाएका छन सुर्य थापाले अाफ्नाे फेसबुकमा लेखेका छन् ।
उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयाेजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघकाे महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हाे । अझ नबाेल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।
पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू”काे बिजाेग त यसअघि नै सार्वजनिक हुँदै आएकाे अधाेपतन छँदै थियाे ।
बहालवाला उपराष्ट्रपति र सभामुखकाे यसप्सकारकाे अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पाे लाजमर्दो भयाे ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बाेलाइएकाे बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवराेध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाकाे खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीकाे स्थानमा बसिरहने/ टाँस्सिइरहने ? सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गाेप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयाेजना गरिरहने – याे के रवैया हाे ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक याेग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबाेधकाे कमी, अभाव र हैसियतकाे दुरूपयाेगकाे समस्या नै देखिएकाे हाे कि याे खासमा के हाे ?
पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताकाे संकटमा उपचार के हुन्छ ?
सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार ०८:२९
प्रतिक्रियाहरू