पाकिस्तानको रोमाञ्चक जित सहित टी ट्वान्टी सिरिज बराबरीमा सकियो

पाकिस्तानको रोमाञ्चक जित सहित टी ट्वान्टी सिरिज बराबरीमा सकियो

सागर नेपाल

@Mayur Times

२०७७ भदौ १७ गते बुधबार ०१:१८

पाकिस्तानले इन्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल ५ रनले जितेको छ । यस खेल पाकिस्तानले जितेसँगै पकिस्तानले घरेलु टोली इन्ल्याण्ड विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिज १–१को बराबारीमा सकिएको छ । पहिलाे टी ट्वान्टी...

पाकिस्तानले इन्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल ५ रनले जितेको छ । यस खेल पाकिस्तानले जितेसँगै पकिस्तानले घरेलु टोली इन्ल्याण्ड विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिज १–१को बराबारीमा सकिएको छ ।

पहिलाे टी ट्वान्टी खेल नतिजा विहीन भएको थियो । दोस्रो खेल इन्ल्याण्डले पाँच विकेटले विजयी भएको थियो । म्यानचेष्टको र्वल्ड ट्राफडमा मोहमद हफिजको उत्कृष्ट व्याटिङ्ग र हैदर अलिले डेब्यु खेलमै अर्धशतक बनाएपछि पाकिस्तानले खेल जितेको हो । पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इन्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८५ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि साहिन अफ्रिदी र बहाव रियाजले २–२ विकेट लिए भने इमाद वसिर र हरिश राउफले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले व्याटिङ्ग गरेको पाहुना टोली पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । पाकिस्तानको लागि महोमद हफिजले ८६ रन बनाए । उनले ५२ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे । टी ट्वान्टी डेव्यु गरेका हैदर अलिले ५४ रन बनाए । कप्तान बाबर आजमले २१ र सादब खानले १५ रन जोडे ।

 

इन्ल्याण्डका लागि क्रिस जोडनले २ तथा मोइन अलि र टीम करणले समान १–१ बिकेट लिए । यस्तै इनल्याण्डको तर्फबाट वेन्टनले ४६ तथा मोइन अलिले ६१ रन बनाए । यस अघि तीन खेलको टेष्ट सिरिज इन्याण्डले जितेको थियो । इन्ल्याण्डले अब सेम्टेम्बर ४ देखिअस्टेलिया विरुद्ध टी ट्वान्टी सिरिज सुरु गर्दै छ ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १३:१८
प्रतिक्रियाहरू