यसरी गरियो भागीरथीको अन्त्येष्टि

यसरी गरियो भागीरथीको अन्त्येष्टि

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ७ गते शुक्रबार ०३:४४

बलात्कारपछि हत्या गरिएकी बैतडीको १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज दाहासस्कार गरिएको छ। गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै...

बलात्कारपछि हत्या गरिएकी बैतडीको १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज दाहासस्कार गरिएको छ। गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेपछि आफन्तले शव बुझ्न मानेका थिए ।
दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो। यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो। भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो। भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १५:४४
प्रतिक्रियाहरू