भागरथी भट्टको दाहसंस्कार गरिँदै

भागरथी भट्टको दाहसंस्कार गरिँदै

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ७ गते शुक्रबार ११:२९

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको आज दाहसंस्कार गरिँदै छ । हत्या को १७ औँ दिनमा उनकाे अन्त्येष्टि गर्न लागिएको हो। दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै यसअघि भागरथीका घरपरिवारले दाहसंस्कार...

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको आज दाहसंस्कार गरिँदै छ । हत्या को १७ औँ दिनमा उनकाे अन्त्येष्टि गर्न लागिएको हो।

दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै यसअघि भागरथीका घरपरिवारले दाहसंस्कार गर्न मानेका थिएनन्। प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो।

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि घरपरिवारले शव बुझेकाे हो ।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार ११:२९
प्रतिक्रियाहरू