प्रचण्डकाे सुरक्षा राज्यकै जिम्मा रहेकाे युवा सँघका सम्याेजक दिपशिखाले बताएका छन उनले फेेेेेेेेसबुकमा स्टाटस लेख्दै यस्ताे बताएका हुन उनले लेखेका छन
“अध्यक्ष प्रचण्डलाई दिदै आएको सुरक्षाकर्मि कटौति गरेपछि देशव्यापी हुने कार्यक्रम र अन्य कार्यक्रमको सहजिकरणका लागि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा एक टोलिले स्वंयमसेवकिय भुमिका निर्वाह गरिरहेको छ । यो भुमिकामा यो टोलि करिब २ महिनादेखि परिचालित नै थियो । यसलाई अतिरंजित नगरौं !
उहाँको सुरक्षा संवेदनशिलतालाई विचार गर्ने र सुरक्षा दिने दायित्व राज्यको हो, राज्यले नै गर्नुपर्छ “
प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार १७:११