यस्ता कुरामा ध्यान दिएमा वैवाहिक जिन्दगीमा सुख प्राप्त हुन्छ

यस्ता कुरामा ध्यान दिएमा वैवाहिक जिन्दगीमा सुख प्राप्त हुन्छ

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २६ गते सोमबार ०४:३७

विवाह एउटा पवित्र सम्बन्ध हो । जसले जिन्दगीको अन्तिम समयसम्म पनि सहयात्राको लागि साथ दिने गर्दछ । प्रेमले घर सुमधुर बन्छ र जिन्दगी चलाउनका लागि पनि सहज बातावरणको निर्धारण गरेको हुन्छ । विवाहअघि जे(जस्तो भएपनि विवाहपछि श्रीमान्...

विवाह एउटा पवित्र सम्बन्ध हो । जसले जिन्दगीको अन्तिम समयसम्म पनि सहयात्राको लागि साथ दिने गर्दछ । प्रेमले घर सुमधुर बन्छ र जिन्दगी चलाउनका लागि पनि सहज बातावरणको निर्धारण गरेको हुन्छ । विवाहअघि जे(जस्तो भएपनि विवाहपछि श्रीमान् र श्रीमतीबीच उचित तालमेल हुनु आवश्यक छ । त्यसैले त नेपाली समाजमा भन्ने गरिएको छ, श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन् । बैवाहिक जिन्दगीलाई सुमधुर बनाउनका लागि विभिन्न सम्झौताहरु गर्नुपर्ने हुन्छ । त्यसैले विवाहलाई सम्झौता पनि भनिने गरिएको छ । बैवाहिक जिन्दगीमा बाँधिएपछि आफ्ना कति रहर, इच्छा, आनीबानी, प्रवृत्ति, व्यवहार त्याग्नुपर्छ । विवाह गर्ने निर्णय सामान्य होइन । विवाह कुनै सामान्य रहर र खेल पनि होइन । विवाहले सुदूर भविष्य र पुस्तौ पुस्ताको मार्गरेखा कोर्ने भएकाले यसलाई निकै गंभिरतापूर्वक लिइन्छ ।

धर्मशास्त्र अनुआसार वैवाहिक जिन्दगीलाई सफल र योग्य बनाउनका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक रहेको छ ।

शालिनता

शालिनता नारीको अर्को विशेष गुण हो । शालिन, भद्र, सहनशिल, दयालु, व्यवहारिक युवती नै जीवनसाथीको रुपमा अपनाउँदा परिवार सुख मिल्छ ।

सम्झौता

विवाह गरिसकेपछि आफ्ना कतिपय रुची र इच्छा त्याग्नुपर्ने हुन्छ । अरुको कुरा, विचार, स्वभावलाई स्विकार गर्नुपर्ने हुन्छ । अर्काको परिवार आफ्नो माया मिसाउनुपर्छ, सम्मान र शिष्टचार पालना गर्नुपर्छ । यी कुरा बुझेका युवतीहरुले परिवारमा कलह ल्याउँदैन ।

परिवारको हित

विवाहपछि आफ्नो परिवारको हित सोच्ने, घर परिवारको मर्यादा ख्याल गर्ने, श्रीमानको उदेश्यमा साथ दिने युवतीले दाम्पत्य जीवनलाई सुखमय तुल्याउँछ ।

सिपालु

सबैजना शिक्षित हुन्छन् भन्ने छैन । शिक्षितहरु जान्ने, बुझ्ने हुन्छन् भन्ने पनि छैन । यद्यपी बुझ्न सक्ने वा समझरदा हुनुपर्छ । नयाँ कुरा जान्न उत्सुक हुनुपर्छ । आफुमा केही सीप, दक्षता छ भने त्यसले परिवारलाई अरु बढी सहज बनाउँछ । अतः आफुमा कुनै सीप, दक्षता, विज्ञता भएका युवतीले परिवारलाई सुख दिलाउँछ ।

प्रकाशित मिति २६ श्रावण २०७७, सोमबार ०४:३७
प्रतिक्रियाहरू