फेसबुकले किन लगायो त? अष्ट्रेलियन युजरमाथि प्रतिबन्ध

फेसबुकले किन लगायो त? अष्ट्रेलियन युजरमाथि प्रतिबन्ध

मयूर टाइम्स

@Mayur Times

२०७७ फाल्गुण ६ गते बिहिबार ०१:१५

एजेन्सी । बिहीवारबाट फेसबुकले अष्ट्रेलियन युजरलाई फेसबुकमार्फत समाचार हेर्न र सेयर गर्न पूरै प्रतिबन्ध लगाएको छ। यो सूचना अष्ट्रेलियाकाे प्लेटफमहरूलाई प्रस्तावित कानुनको प्रतिक्रिया रहेको बताइएको छ। प्रस्तावित कानुन बमोजिम...

एजेन्सी । बिहीवारबाट फेसबुकले अष्ट्रेलियन युजरलाई फेसबुकमार्फत समाचार हेर्न र सेयर गर्न पूरै प्रतिबन्ध लगाएको छ। यो सूचना अष्ट्रेलियाकाे प्लेटफमहरूलाई प्रस्तावित कानुनको प्रतिक्रिया रहेको बताइएको छ।

प्रस्तावित कानुन बमोजिम अष्ट्रेलियाको सरकारले विभिन्न टेकफर्मलाई अष्ट्रेलियन प्रकाशकहरूद्वारा प्रकाशित समाचारहरूमा जानकारी बिना प्रकाशन गरे वापत रकम दिनुपर्ने माग गरेको बताएकाे छ।
विभिन्न सरकारी, स्वास्थ्य, प्रहरी, इमर्जेन्सी र अन्य धेरै पेजहरू बिहीवार ब्लक गरिएको जानकारी बीबीसीले दिएको छ।

अष्ट्रेलियन प्रकाशकहरूले फेसबुकद्वारा लिंक सेयर गर्न पनि निषेधित अवस्था रहेको बताइएको छ।

युजरहरूको पहुँचमा राष्ट्र र अन्तर्राष्ट्रिय समाचारका फेसबुक पेजहरू केही पनि नराखिएको खबर बीबीसीमा प्रकाशित छ। द नेशनल ब्रोडकास्टर, द एबीसी र द सीड्नी मर्निङ हेराल्ड र द अष्ट्रेलियन जस्ता अनलाइन पत्रिकाहरूका लाखौँ फलोवरहरू देखिन्छन्।
अष्ट्रेलियाका युजरहरूमा समाचारको अभावमा धेरै नै आक्रोसजनक र भयावह वातावरणको सृजना भएको छ।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार १३:१५
प्रतिक्रियाहरू